आगलागीबाट नौ सय चल्ला जले

मोरङ । मोरङको बेलबारीमा बिहीबार बिहान एउटा कुखुरा फर्ममा आगलागी हुँदा चल्ला जलेर नष्ट भएका छन् ।
बिहान २ बजेतिर बेलबारी–९ माझी गाउँमा नारायण आचार्यले सञ्चालन गरेको कुखुरा फर्ममा आगलागी हुँदा ९ सय चल्ला जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगो तत्काल नियन्त्रणमा लिन नसक्दा फार्ममा भएका सबै चल्ला जलेर मरेको मोरङ प्रहरीले जनाएको छ ।
फुसको छानो भएको फार्ममा ८ सय वटा ब्रोइलर र १ सय वटा लोकल कुखुराका चल्ला रहेको थियो । प्रहरीका अनुसार विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने र आगलागीबाट कुखुराको खोर पूरै जलेको छ । आगलागीबाट ६ लाख रुपैयाँ बढीको क्षति भएको र आगो एक घण्टापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्