प्रदेश १ मा स्किम बैंकको तयारी

विराटनगर । प्रदेश १ सरकारले ९ जिल्लाका १८ वटा स्थानीय तहमा स्किम बैंक सञ्चालन गर्ने तयारी गरेको छ । प्रदेश सामाजिक विकास मन्त्रालयले स्थानिय तहसँगको साझेदारीमा माघ १ गतेदेखि कार्यक्रम कार्यन्वयनमा लैजाने तयारी गरेको हो ।
व्यवसाय गर्ने सोच भएका युवाहरुलाई लक्षित गरी रोजगार तथा स्वरोजगार सिर्जना गर्ने उद्देश्य सहित सामाजिक विकास मन्त्रालयले स्किम बैंक सञ्चालनको तयारी गरेको हो । कार्यक्रम सञ्चालनका लागि नमूनाका रुपमा सुनसरीको दुहवी, बराहक्षेत्र, मोरङको कटहरी, मिक्लाजुङ, झापाको कन्काई ,भद्रपुर, पाँचथरको फिदिम र याङवरकमा कार्यक्रम सञ्चालनको तयारी गरिएको हो । इलामको सुर्याेदय, देउमाई, उदयपुरको बेलका, कटारी, धनकुटाको महालक्ष्मी, धनकुटा नगरपालिका, तेह्रथुमको आठराई, म्याङ्लुङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र रावाबेसीलाई छनौट गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
स्किम बैंक सञ्चालन तथा व्यवस्थापनका लागि सामाजिक विकास मन्त्रालयले स्थानीय तहका प्रमुख, उपप्रमुख, विकास बैंकका प्रतिनिधिसँग छलफल थालेको छ । शुक्रबार भएको छलफलमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले माघ देखि स्किम बैंक सञ्चालन गर्न स्थानियतहहरूलाई आग्रह गरेका छन् । सीप, पुँजी÷अनुभव भएर पनि वेरोजगार भएका युवाहरुलाई अनुकुलका उद्यम गर्नका लागि स्कीम दिने गरि कार्यक्रम शुरु गर्न लागिएको सामाजिक विकास मन्त्रालय श्रम तथा रोजगार शाखाका अधिकृत प्रदिप गौतमले जानकारी दिए । चालु आर्थिक बर्षमा सीपमूलक तालिम कार्यक्रम सञ्चालनका लागि १० करोड ५० लाख विनियोज गरिएको छ । तालिम स्थानीय तहको माग बमोजिम सञ्चालन गरिने छ । सामाजिक विकास मन्त्रालय, स्थानीय तह, बैङ्क तथा वित्तीय संस्थाको सहकार्यमा कार्यक्रम सञ्चालन गरिने छ ।

प्रतिकृया दिनुहोस्