उखु किसानको पक्षमा विद्यार्थीको प्रदर्शन

इटहरी । उखुको भुक्तानी पाउनु पर्ने माग गदैं काठमाडौंमा आन्दोलन गरिरहेका किसानको पक्षमा इटहरीमा विद्यार्थीहरुले ऐक्यबद्दता जनाएका छन् ।
इटहरीको नमुना कलेजका सामाजिक कार्य विभागका विद्यार्थीहरुले उखु किसानको पक्षमा ऐक्यबद्दता जनाएका छन् । शुक्रबार इटहरीको मुख्य चौकमा विद्यार्थीहरुले विभिन्न नारा लेखिएको प्लेकार्ड वोकेर आन्दोलित किसानको समर्थन गर्दै चिनी उद्योगीको विरोध गरे ।
सामाजिक कार्यका विद्यार्थीहरुले संधै समाजमा भएका मुद्दाहरुमा आवाज उढाउँदै आएकोले यो पटक किसानको मागमा पनि समर्थन जनाएको निराजन पाण्डेले बताए ।

प्रतिकृया दिनुहोस्