सुत्केरी स्याहार्न बक्राङमा आमा घर

सुत्केरी स्याहार्न बक्राङमा आमा घर
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गोरखा । सुत्केरी हुनु एक साता अघिदेखि महिलालाई स्वास्थ्यकर्मीको निग्रानीमा राख्न शहिदलखन गाउँपालिका– १ बक्राङका स्थानीयको पहलमा ‘आमा घर’ निर्माण हुने भएको छ ।

प्रति घरधुरी तीन सय ५० रुपैयाँ संकलन गरेर तीन लाख र स्वेच्छिक तीन गरी छ लाख संकलन भईसकेको छ । गाउँपालिकाले अपुग रकम लगानी गर्ने अध्यक्ष रमेशबाबु थापा मगरले बताए । आमा घर स्वास्थय चौकी सँगै निर्माण गरिएको छ । उक्त घरको शनिवार गाउँपालिका अध्यक्ष थापा मगरले शिलान्यास गरेका हुन् ।

अहिले बक्राङ स्वास्थ्य चौकीको सेवा क्षेत्र भित्र मासिक एक देखि दुई जना सुत्केरी हुन्छन् । अहिले बन्न लागेको आमा घरको क्षमता तीन जना सम्मको हुने उनले बताए । आमा घरमा परिवार सदस्यले रेखदेख गर्नेछन भने निशुल्क खान बस्न सेवा प्रदान गरिन्छ । बर्थिङ सेन्टर भएको स्वास्थ्य चौकी भएकाले आमा घरको उपयोग हुने वडा अध्यक्ष दिपबहादुर केसीले बताए । प्रशुती गराउनकै लागि सदरमुकाम र जिल्ला बाहिरका ठुला अस्पताल जानुपर्ने बाध्यता कम हुने अपेक्षा गाउँपालिकाको छ ।