अर्घाखाँचीमा गोरु काटेको अभियोगमा एक जना पक्राउ

अर्घाखाँचीमा गोरु काटेको अभियोगमा एक जना पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अर्घाखाँची । पाणिनि गाउँपालिकामा गोरु काटेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पाणिनी गाउँपालिका वडा नम्बर–५, मैदानको नयाँगाउँमा गोरु काटेको आरोपमा ५२ वर्षिय बाबुराम नेपालीलाई पक्राउ गरिएको प्रहरी कार्यालयका सुचना अधिकारी सुजन शाहले जानकारी दिए ।

नेपालीले बाघले आक्रमण गर्दा गोरु मरेको भनेपनी केही बारीमा गाडेको र केही सुकाएर राखेको अवस्थामा मासु भेटिएको छ । उनले बन्चरो, दाउ र हसियाको प्रयोग गरेर मासु काटेको पाईएको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान भईरहेको छ ।