गायक कर्णदासलाई मातृशोक

गायक कर्णदासलाई मातृशोक
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पोखरा । गायक कर्णदासलाई मातृशोक परेको छ । उनकी ममतामयी माता रत्नदेवी दासको ७० वर्षको उमेरमा निधन भएको हो । मुटुरोगबाट ग्रसित उनको शनिबार दिउँसो ३ः३० बजे निधन भएको कर्णदासको परिवारले जनाएको छ ।

कर्णदासकी आमा पोखराकी अग्रणी रंगकर्मीसमेत हुन् । कसैकसैले उनलाई पोखराकी पहिलो रंगकर्मीसमेत भएको बताउँछन् । संस्कृति विज्ञ तीर्थ श्रेष्ठ पोखराको रंगकर्ममा रत्नदेवीको महत्वपूर्ण योगदान भएको बताउँछन् । मैले रत्नदेवी दिदीसँग संगत गर्ने अवसर त पाईन । तर उहाँले पोखराको रंगकर्मलाई एक कालखण्डमा महत्वपूर्ण योगदान दिनुभया, श्रेष्ठले बताए । उनको भोलि आइतबार पोखरा–२७ रिट्ठेपानीमा अन्त्येष्टी गरिने परिवारले जनाएको छ । कर्णदासको बुबाको २ वर्ष अघि निधन भएको थियो ।