गुल्मीमा दुर्घटना हुँदा एक जनाको मृत्यु

बुटवल । गुल्मीमा इरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन । दरबार गाँउपालिकाको चारपाला घुम्ति देखि तम्घास जाँदै गरेको लु १ ह २७४३ नम्बरको अटो रिक्सा भगेरी भन्ने स्थानमा दुर्घटना भएको हो ।
दुर्घटनामा रिक्सा चालक रेसुङ्गा नगरपालिका– १२ का ३० बर्षीय तेजबहादुर रानाको घटनास्थलमै मृत्यु भएको गुल्मी प्रहरीले जनाएको छ । दुर्घटनामा परी रेसुङ्गा नगरपालिका–२ का सुरज बिक, मिलन बिक, रोशन परियार र रेसुङ्गा–१२ का रमेश खत्री घाइते भएका छन ।

प्रतिकृया दिनुहोस्