हलेसी तुवाचुङमा ९५० परिवारलाई खाद्यान्न

हलेसी तुवाचुङमा ९५० परिवारलाई खाद्यान्न
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

खोटाङ । नेपाल वौद्ध महायान केन्द्र गोन्पाले खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका ९५० घर परिवारलाई खाद्यान्न वितरण गरेको छ । कोभिड–१९ को महामारीमा परेका स्थानीयलाई लक्ष्यीत गर्दै नेपाल वौद्ध महायान केन्द्रले हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ५२० घर परिवार र हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका ४३० परिवारलाई खाद्यान्न वितरण गरेको हो । बिहिबार डिकुवाका स्थानीयलाई चामल, तेल र नुन प्रदान गरेको वौद्ध महायान केन्द्रले शुक्रबार बाहुनीडाँडामा पुगेर सोही किसिम र मात्राको खाद्यान्न प्रदान गरेको हो ।

कोभिड–१९ को महामारीमा परेका स्थानीयलाई लक्ष्यीत गर्दै नेपाल वौद्ध महायान केन्द्रले प्रतिपरिवार ३० केजी एप्पल चामल, दुई पोका तेल र एक पोका आयोडिन नुन वितरण गरेको जनाएको छ । केन्द्रकातर्फबाट डिकुवा र बाहुनीडाँडा पुगेर खाद्यान्न गुम्बा विकास समितिका अध्यक्ष जिकडोल लामा, मेयर इवन राई र उपमेयर बिमला राईले स्थानीयलाई चामल, नुन र तेल हस्तान्तरण गरेका थिए ।

कपन गुम्बाका प्रमुख जोपा लामाको सहयोगमा नेपाल वौद्ध महायान केन्द्र गोन्पाले स्थानीयलाई खाद्यान्न वितरण गरेको जनाइएको छ । प्राप्त भएको खाद्यान्न कर्मचारी र जनप्रतिनिधि भएका घर बाहेक अन्य परिवारलाई मात्र वितरण गरिएको हो ।