सहिदभुमी गाउँपालिकामा विपन्न तथा गरिबलाई सोलार

सहिदभुमी गाउँपालिकामा विपन्न तथा गरिबलाई सोलार
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा । धनकुटाको सहिदभुमी गाउँपालिकाले चालु आर्थिक वर्षमा  गरिब तथा विपन्न वर्गका ४० घरपरिवारलाई सोलार वितरण गर्न थालेको छ । वैकल्पिक उर्जा प्रवद्र्धन कार्यक्रम अन्र्तगत विद्युत महसुल वुझाउन नसक्ने तथा एकान्तमा घर भएका घरपरिवारलाई सोलार सिस्टम वितरण गरेको गाउँपालिका अध्यक्ष मनोज राईले बताए । यो वर्षको कार्यक्रम अन्र्तगत ५ घरलाई सोलार वितरण गरिसकिएको छ भने अव ३५ घरलाई वितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष राईले बताए ।

 प्रत्येक परिवारलाई २० वाट क्षमताको ५ वटा बत्ती बाल्न मिल्ने सोलार सिस्टम वितरण गरिएको छ । गत आर्थिक वर्ष २०७६,७७ मा ३५ घरपरिवारलाई सोलार वितरण गरिएको थियो ।

गाउँपालिकामा प्राप्त  सर्शत अनुदान ७ लाख र गाउँपालिकले सोही कार्यक्रमका लागि थप गरेको २ लाख  वजेट मार्फत सोलार प्यानल खरिद, जडान सहित सुधारिएको चुलो र बायो ग्याँस समेत वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले जानकारी दिए ।