कर्णालीमा दुईजनाको मृत्यु

कर्णालीमा दुईजनाको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

वीरेन्द्रनगर । हुम्लामा भ¥याङबाट लडेर एकजना मजदुरको मृत्यु भएको छ । दार्चुलाका ४२ वर्षीय नारायणसिं ठकुन्नाको मृत्यु भएको हो ।

हुम्लाको खार्पुनाथ–२, नाम्ताबाट सिमकोट चामल ढुवानी गर्दै आएका उनको सोही वडास्थित थालीका छक्कबहादुर रावलको घरको भ¥याङबाट लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै सल्यानस्थित बागचौर नगरपालिका–४, लौरावाङका ३७ वर्षीय प्रेम बस्नेत मृत अवस्थामा भेटिएका हुन् । सोही नगरपालिका वडा नम्बर १२ को बोजपारी भन्ने स्थानमा कच्ची सडकको बाटोमा मृत भेटिएका सल्यान प्रहरीले जनाएको छ । मृतकको बाहिर चोट नभएको र उत्तानो अवस्थामा शव भेटिएको बताइएको छ ।