विद्यार्थीमा उच्च ज्वरो देखिएपछि विद्यालय बन्द

विराटनगर । मोरङ रंगेलीस्थित एक विद्यालयका ६० भन्दा बढी विद्यार्थीहरुमा उच्च ज्वरो देखिएको छ । रंगेली नगरपालिका– ४ आमतोला स्थित जनता माध्यमिक विद्यालयका कक्षा १ देखी ६ सम्मका ६० बढी विद्यार्थीहरुमा उच्च ज्वरोको समस्या देखिएको हो ।
विद्यालयका अधिकांश कम उमेर समुहका विद्यार्थीहरुमा उच्च ज्वरोको लक्षण देखिएको छ । विद्यालयका प्रध्यानध्यापक सेवन्त गौतमका अनुसार ८ वर्ष देखी १२ वर्ष उमेर समूहका छात्रछात्राहरुमा १०४ डिग्री सम्म ज्वरो देखिएको छ । उनले भने ‘हामीले विहान प्रार्थनाको समयमा सहभागी विद्यार्थीहरुको ज्वरो मापन गर्दा ६० जना विद्यार्थीहरुलाई ज्वरो देखियो ।’ विद्यार्थीमा एक्कासी उच्च ज्वरो देखिए पछि कोरोनाको आशंका गर्दै विद्यालय बन्द गरिएको छ । कोरोनाको संक्रमणको बेला यतिका संख्यामा विद्यार्थीहरुमा ज्वरो देखिएपछी आफुहरुले नगर शिक्षासंग समन्वय गरेर विद्यालय बन्द गरेको प्रधानाध्यापक गौतमले जानकारी दिए । करिव ४ सय विद्यार्थी अध्यनरत विद्यालयमा आधाजासे विद्यार्थी मात्रै विद्यलयमा उपस्थित हुँदै आएका थिए । विद्यालय खुलेसंगै जाडोको मौसमका कारण दैनिक डेढ सय देखी २ सय सम्म विद्यार्थीहरु पठनपाठनका लागि आउने गरेका थिए ।
रंगेली नगर स्वास्थ्य शाखा प्रमुख ब्रजेश मेहताले उच्च ज्वरो देखिएका विद्यार्थीहरुको स्वाप संकलनको तयारी भइरहेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्