June 21, 2021, Monday
२०७८ असार ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

भैंसेपाटीमा गौतम र बादलको बेग्लै बैठक

भैंसेपाटीमा  गौतम र बादलको बेग्लै बैठक
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेकपाका दुवै पक्ष एक अर्कालाई निषेध गरेर पार्टी फुटाउने प्रक्रियालाई वैधानिकता दिन लागेका बेला दुवै पक्षमा नखुलेका उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादल भने बेग्लै छलफलमा जुटेका छन् ।

बबरमहलमा प्रचण्ड–माधव नेपाल पक्षको बैठक चलिरहेका बेला वामदेवलाई भेट्न बादल भैंसेपाटी पुगेका छन् । दुवै नेतालाई बैठकमा सहभागी हुन आग्रह गर्दै प्रचण्ड माधव नेपाललगायतका नेताहरु आज बिहान पनि उनीहरुको निवासमा पुगेका थिए ।

वामदेव र बादलबीच तेस्रो समूह बनाउने बारेमा छलफल भइरहेको स्रोतले जनाएको छ । वामदेवलाई भेट्न बादल पौने दुई बजे भैंसेपाटी पुगेका थिए ।