स्थायी समिति सदस्य शेरबहादुर तामाङ र केन्द्रिय सदस्य उषाकला राई, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको पक्षमा उभिए

स्थायी समिति सदस्य शेरबहादुर तामाङ र केन्द्रिय सदस्य उषाकला राई, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको पक्षमा उभिए
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेकपा एमालेको ९औ महाधिबेसनमा माधव नेपालको पक्षमा लागेर सम्पुर्ण ब्यबस्थापनको काम गर्ने नेकपाका केन्द्रिय सदस्य शेरबहादुर तामाङ अन्तत गुट छाडेर प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको पक्षमा उभिएका छन् । अबिश्वासको प्रस्तावमा राखिएको उनको नाम र सही नक्कली र पुरानो सही भएको नेता तामाङले बताएका छन् । पार्टीलाई एक ढिक्का राख्नु पर्ने बेलामा गुटबन्दी गर्ने र पार्टी अध्यक्षको विपक्षमा जान नसक्ने भन्दै नेता तामाङले  फेसबुकमा स्टयटस लेख्दै पार्टी अध्यक्ष ओलीलाई साथ दिएको बताएका छन् ।

सिन्धुपाल्चौक क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका नेता तामाङलाई कानुन मन्त्रीबाट हटाउनको लागि माधव नेपाल र अष्टलक्ष्मी शाक्यले दवाव समेत दिएका थिए । एउटा कार्यक्रममा जाँदा बोलेको शब्दलाई लिएर विरोध भइरहेको बेला संरक्षण खोज्दै बरिष्ठ नेता माधव नेपाल र प्रदेश नं. ३ का इन्चार्ज अष्टलक्ष्मी शक्यसँग अनुरोध गर्दा मन्त्री पदबाट राजिनामा दिएर बाटो खोली दिनु भन्ने निर्देशन दिएको चर्चा रहेको छ । नेपाल र शाक्यको साथ नपाएपछि उनले राजिनामा दिएका थिए । यही कारणपनि उनी नेपाल–प्रचण्ड समुहबाट बाहिरिएर अध्यक्ष ओलीको पक्षमा उभिएको बताइएको छ ।

नेकपा नेता तामाङ शालिन र बैचारिक नेताको रुपमा परिचित रहेका छन् । पछिल्लो समयमा गाँजा खेतिलाई कानुनी मन्यता दिनु पर्ने विषयमा सार्बजनिक बहस गर्दै आएका छन् । उनीसँगै उनका केन्द्रिय सदस्य उषाकला राईसमेत नेकपाको एकताको पक्षमा उभिएकी छिन् । प्रदेशसभा १ को सदस्य रहेकी उषाकला राईपनि माधव–प्रचण्ड समुह परित्याग गरेर पार्टी एकताको लागि प्रधानमन्त्री ओलीको  पक्षमा उभिएकी छिन् ।