प्रचण्ड–माधव पक्षले यौन काण्डमा मुछिएका नेताको कारबाही फुकुवा

प्रचण्ड–माधव पक्षले यौन काण्डमा मुछिएका नेताको कारबाही फुकुवा
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)को केन्द्रीय कमिटी बैठकले यौन अभियोग लागेका दुई नेतामाथि गरिएको कारबाही फुकुवा गरेको छ ।

मंगलबार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बसेको बैठकले पूर्व सभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्यमा नियुक्त गरेको छ । महरामाथि संसद सचिवालयकी एक कर्मचारीले यौन दुव्यर्वहारको आरोप लगाएकी थिइन ।

आफूमाथि यौन दुव्यर्वहारको अभियोग लागेपछि महराले सभामुखबाट राजीनामा दिएका थिए। सभामुख हुँदा पार्टी सदस्यबाट समेत राजीनामा दिएकाले उनी नेकपाको कुनै पनि कमिटीमा थिएनन्।

त्यस्तै बैठकले कैलाली जिल्ला कमिटी अध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका तत्कालीन सामाजिक विकासमन्त्री दीर्घ सोडारीमाथिको कारबाही फुकुवा गर्दै पुरानै जिम्मेवारी सम्पिएको छ ।

उन्नलाई एक महिलालाई मुख छाडेको आरोपमा पार्टीले कारबाही गरेको थियो। सोडारीलाई ०७५ कात्तिक २७ गते मन्त्री पदबाट हटाउँदै ६ महिनासम्म पार्टी सदस्यसमेत नरहनेगरी निलम्बन गरिएको थियो। सोडारी कारबाहीअघि कैलाली जिल्ला अध्यक्ष एवम् सुदुपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री थिए।