महेस बस्नेतको चेतावनीः सुर्य चिन्हमा आँखा नलगाउनु

महेस बस्नेतको चेतावनीः सुर्य चिन्हमा आँखा नलगाउनु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पोखरा । नेकपा नेता तथा युवा संघ नेपालका पूर्व अध्यक्ष महेश बस्नेतले प्रचण्ड–माधव समूहलाई सूर्य चिह्नमा आँखा नलगाउन चेतावनी दिएका छन् । नेकपा ओली पक्ष निकट राष्ट्रिय युवा संघ गण्डकी प्रदेशले शुक्रबार पोखरामा आयोजना गरेको गण्डकी प्रदेश स्तरिय ‘बृहद युवा भेला’लाई सम्बोधन गर्दै धम्कीपूर्ण शैलीमा उनले भने,‘सूर्य चिह्नमा आँखा नलगाउनुस्, सूर्य चिह्नमा आँखा लगाएको युवाहरुले मन पराएका छैनन्, म अहिलेलाई यतिमात्रै भन्न चाहन्छु ।’