सडक दुर्घटनामा दुई महिनामा २१ जनाले ज्यान गुमाए

बैतडी । सडक दुर्घटनामा बैतडीमा दुई महिनाको अवधिमा २१ ज्नाले ज्यान गुमाए भने ४४ जना घाइते भएका छन् । जिल्लाका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । गत कार्तिकदेखि अहिलेसम्म ८ वटा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक आकाश रावलले बताए ।
तीव्र गति, चालकको लापरवाहीले बढी धनजनको क्षति भएको हो । सबैभन्दा बढी ट्याक्टर दुर्घटनामा परेका छन् भने मानवीय क्षतिको हिसाबले बस दुर्घटनामा धेरैको ज्यान गएको छ । गत कार्तिक २७ गते बैतडीको पाटन नगरपालिका–८ खोड्पे बजार नजिकै भएको बस दुर्घटनामा ९ जनाको ज्यान गएको थियो । गत कार्तिक १३ गते मेलौलीको हरडाखानमा ट्याक्टर दुर्घटना हुँदा एक जना बालकको ज्यान गएको थियो भने कार्तिक २२ गते दोगडाकेदारको बडिया जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको थियो । कार्तिक २८ गते पाटन– ६ जोलाबाँजमा ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको थियो । कार्तिक महिनामा मात्रै सवारी दुर्घटनामा १२ जनाले ज्यान गुमाएका छन् ।
यस्तै मंसिर ९ गते दशरथचन्द नगरपालिका–१० बुड््डामा भएको जिप दुर्घटनामा ५ जनाको मृत्यु भयो भने पुष २ गते दोगडाकेदार गाउँपालिका–३ घोडेधारमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको थियो । पुस ४ गते मेलौली नगरपालिका–९ मा भएको ट्याक्टर दुर्घटनामा परी २ जनाको मृत्यु भएको थियो । बिहीबार मात्रै सुर्नया गाउँपालिका–८ आलुगैरामा भएको जिप दुर्घटनामा चालकको ज्यान गएको छ । कच्ची सडकमा ट्याक्टर बढी दुर्घटना भएका छन् । जिल्लका अधिकांश सडक रोड परमिट समेत रोड परमिट समेत नभएका कच्ची र जोखिमयुक्त सडकमा गाडी चलाउँदा बढी घटना भएका छन् । अधिकांश दुर्घटनामा चालक र प्राविधिक कारणले बढी दुर्घटना भएको देखिएको ट्राफिक प्रहरीको निष्कर्ष छ ।

प्रतिकृया दिनुहोस्