June 21, 2021, Monday
२०७८ असार ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

वाग्मती प्रदेश सरकार बनाउन कांग्रेस निर्णायक

वाग्मती प्रदेश सरकार बनाउन कांग्रेस निर्णायक
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मकवानपुर । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीनिकट वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रदेश सरकार अल्पमतमा परेको छ । एक सय १० सांसद रहेको प्रदेश सभामा नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहका ४५ सांसदले हस्ताक्षर गरी शुक्रबार प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि सरकार अल्पमतमा परेको हो ।

नेकपाको सुविधाजनक वहुमत रहेको प्रदेश सभामा नेकपाका ८० सांसद रहेका थिए । प्रधानमन्त्री ओलीनिकट सभामुखबाहेक ३३ प्रदेश सांसद रहेका छन् । पौडेलको विपक्षमा रहेका पूर्व भौतिक पूर्वाधार मन्त्री केशव स्थापितले अविश्वासको प्रस्तावमा भने हस्ताक्षर गरेका छैनन् । प्रचण्ड–नेपाल पक्षमा स्पष्ट रुपमा ४५ जना रहेका छन् । सरकार बनाउँन नेकपाको दुवै समूहले नेपाली कांग्रेसको साथ लिनैपर्ने अवस्था छ ।

वहुमतका लागि ५६ सांसद आवश्यक पर्ने भएकाले सरकार बनाउन प्रचण्ड–नेपाल पक्षलाई ११ र ओली पक्षलाई  २३ सांसद आवश्यक पर्छ । सरकार बनाउन प्रचण्ड–नेपाल पक्षले कांग्रेसको साथ पाए सहज हुनेछ भने ओली समूहले कांग्रेससँगै अर्को पार्टीका एक सांसदको पनि समर्थन आवश्यक छ ।

प्रदेश सभामा काँग्रेसको २२, अन्य दलको ८ सांसद रहेका छन् । जसमध्ये विवेकशील साझा पार्टीका ३, नेपाल मजदुर किसान पार्टी(नेमकिपा) र राप्रपाका २–२ र तत्कालिन नयाँ शक्ति पार्टी नेपाल(हालको जनता सामाजवादी पार्टी)का एक सांसद छन् ।