प्रतिबन्धित ‘क्याट फिस’ माछा बरामद

प्रतिबन्धित ‘क्याट फिस’ माछा बरामद
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

इटहरी । मानव स्वास्थ्य र वातावरणलाई प्रतिकुल असर पुग्ने मागुर माछा ‘क्याट फिस’ सुनसरी प्रहरीले बरामद गरेको छ । शुक्रबार साँझ भारतमा उत्पादित तर नेपालमा प्रतिवन्धित मागुर माछा इनरुवाबाट पक्राउ गरेको हो ।

को ९ प ७५९४, को ३ प ५९२६, को २ प ८२४१ र को १० प ३९२१ नम्बरको मोटरसाईकलमा ल्याउँदै गर्दा प्रहरीले माछा पक्राउ गरेको हो । प्रहरीले चेकजाँच गर्ने क्रममा २०० केजी  मागुर माछा छाडेर ल्याउने व्यक्ति भने भाग्न सफल भएको प्रहरीले जनायो ।

 पक्राउ गरेको माछाको स्थानीय बजार मुल्य अनुसार ५० हजार बराबर रहेको छ। भारतबाट नेपालमा मागुर माछा ल्याएर विक्री गर्दा बेला बेलामा प्रहरीले पक्राउ गर्दो छ । यसअघि साउन ४ गते   इनरुवा वडा नं. ४ बसपार्कबाट सात हजार पाँच सय १० केजी माछा बरामद गरि नष्ट गरेको थियो । त्यो बेला बरामद गरिएको माछाको मूल्य १५ लाखभन्दा बढी परेको थियो ।

यसैगरी, शुक्रबार नै इटहरी वडा नं. ५ कलङ्की मोड नजिक को १ ख ६८९० नम्बरको मिनी ट्रकलाई विशेष सुचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा खैनी बरामद गरेको छ। भारतबाट चोरी पैठारी गरी भन्सार छली ल्याएको खैनी बरामद गरेको हो ।