प्रदेश १ सरकार विरुद्ध हस्ताक्षर संकलन गर्ने आर्थिक मामिला मन्त्री आङ्बोलाई पदमुक्त

प्रदेश १ सरकार विरुद्ध हस्ताक्षर संकलन गर्ने आर्थिक मामिला मन्त्री आङ्बोलाई पदमुक्त
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ । आफ्नै सरकार विरुद्ध अबिश्वासको प्रस्ताव दर्ता गर्नको लागि हस्ताक्षर संकलन गर्न थालेका प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोलाई पदमुक्त गरिएको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शनिबार आङ्बोलाई पदमुक्त गरेका हुन् । मुख्यमन्त्रीको कार्यालयका अनुसार संविधानको धारा १६९ को २ (ख) बमोजिम प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गरेका हुन् ।

आङ्बो प्रचण्ड–नेपाल समूहमा छन् । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान चलाएको आङ्बोमाथि आरोप लाग्दै आएको छ ।