दाङमा दुबै नेकपाको समानान्तर भेला

दाङमा दुबै नेकपाको समानान्तर भेला
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दाङ । बिभाजनको संघारमा रहको नेकपाका दाङमा दुई समानान्तर भेला भएका छन् ।  भेला फरक फरक समयमा एउटै पार्टी कार्यालयमा भएका थिए । नेकपाको केपी शर्मा ओली समुह र पुष्पकमल दाहाल÷माधवकुमार नेपाल समुहले जिल्लामा आआफ्नो रणनीति बनाउनका लागि छुट्टा छुट्टै भेला गरेका हुन् । आईतबार भएका दुई भेला मध्य ओली समुहले मध्यावधिक निर्वाचनका लागि माहोल निर्माण गर्ने रणनीति बनाएको छ भने दाहाल, नेपाल समुहले भने बिघटित संसद पुनरस्थापनाका लागि आन्दोलन गरेर जाने रणनीति बनाएको छ ।

केपी शर्मा ओली समुहले चुनाव लक्षित कार्यक्रम लिएर गाउँ जाने रणनीति बनाएको छ । मध्यवधिक निर्वाचनको मिति तय भैसकेकाले निर्वाचनलाई सफल पार्न र चुनावी परिणाम आफ्नो पोल्टामा पार्नका लागि परिचालित हुने निर्णय ओली समुहले गरेको छ । ‘मुख्यतया सरकारले तोकेको मध्यावधिक निर्वाचन सफल पार्नका लागि सकृय भएर लाग्ने भन्ने रणनीति भेलाले गरेको ओली समुहका केन्द्रीय सदस्य नरुलाल चौधरीले बताए ।

भेलामा सहभागी अर्का केन्द्रीय सदस्य जितेन्द्रमान नेपालीले निर्वाचनको पक्षमा जनमत तयार पार्नका लागि संगठन परिचालित हुने वताए । ताजा जनादेशमा जानका लागि निर्वाचन एक मात्रै बिकल्प रहेको भन्दै उनले भने ‘पार्टी विभाजन जस्तै भएका बेला अब कसरी आफ्नो पक्षमा जनमत पार्न सकिन्छ ? भन्ने बिषयमा प्रशिक्षण भयो ।’ यस्तै भेलाले ५ सय ५५ सदस्यीय अधिवेशन आयोजक कमिटि निर्माण गरेको छ । कमिटिका नयाँ सदस्यहरुलाई केन्द्रीय सदस्य छबीलाल ओलीले सपथ खुवाएका थिए ।

केपी ओली समुहको भेला पछि नेकपाको सोही पार्टी कार्यालयमा बसेको दाहाल नेपाल समुहले भने ओली समुहलाई निष्तेज पारेर जाने रणनीति बनाएको छ । उसले प्रधानमन्त्रीह केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा पुनरस्थापनाका लागि जनदबाब श्रृजना गर्ने अजेण्डा तय गरेको केन्द्रीय सदस्य निर्मल आचार्यले बताए ।

आईतवार बिहान ८ वजेदेखि ओली समुहको भेला नेकपाको पार्टी कार्यालयमा बोलाईएको थियो भने बिहान ११ बजे देखि उहि पार्टी कार्यालयमै दाहाल नेपाल समुहको भेला बोलाईएको थियो ।