अविश्वासको प्रस्तावको सामना आरामले गर्छुः मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावको सामना आरामले गर्ने बताएका छन् । आइतबार पत्रकारहरूसँगको कुराकानीमा मुख्यमन्त्री राईले अविश्वासको प्रस्तावको सामना सजिलै गर्ने बताए ।
मुख्य मन्त्रीले नराम्रो काम गरेर,काम गर्ननसकेर वा नालायक भएर अविश्वासको प्रस्ताव दर्ता नभएको स्पष्ट पारे । ‘प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव बनिबनाउ, सुनियोजित निर्देशित चालबाजी हो भन्नेकुरा प्रदेशसभा सदस्यहरूलाई राम्ररी थाहा भएकाले सुविधाजनक बहुमतका आधारमा अविश्वासको प्रस्तावको सामना गर्छु’ उनले भने । अविश्वासको प्रस्ताव संघियता र प्रदेश माथि कै प्रहार भएकाले प्रदेश सभाका बहुमत सदस्यहरू अविश्वासको प्रस्तावको विपक्षमा रहेको उनको दाबी छ । उनले सबै दलहरूसँग छलफल गरेर अघि बढ्ने बताएका छन् । नेकपा एउटै नभएकाले दलभित्र बहुमतको अर्थ नरहेको उनले स्पष्ट पारे । संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याउनुपर्नेमा विधानको उलंघन गर्दै प्रदेश सभामा प्रस्ताव लिएर गएको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्