कोशी टप्पु आरक्षको हातीको आक्रमणले यादवको मृत्यु

इटहरी । कोशी टप्पु आरक्ष र आसपासका क्षेत्रमा आतंक मच्चाउँदै आएको हातीको आक्रमण थप एक जनाको मृत्यु भएको छ। हातीको आक्रमणबाट कोशी गाउँपालिका वडा नं. ५ का १८ वर्षे मोति यादवको मृत्यु भएको हो ।
सोमबार राति हातीले आक्रमण गर्दा यादवको मृत्यु भएको हो । हातीले श्रृखलाबद्द रुपमा मानवीय क्षती गर्दै आएपछि स्थानीयबासी मंगलबार दिउँसो केही बेर पूर्व पश्चिम राजमार्ग अन्तर्गत कोशी कटान क्षेत्रमा मृतकको शव राखेर प्रदर्शन गरे । स्थानीयलार्ई स्थानीय प्रशासनले हाती नियन्त्रण गर्ने र मृतकलाई क्षतीपूर्ति दिने आश्वासन दिएपछि दिउँँसो १.३० बजेदेखि राजमार्ग सुचारु भएको छ ।
राजमार्ग खुलाउन स्थानीय सहमत भएपनि आरक्ष प्रशासनसमक्ष दबाबमूलक कार्यक्रम जारी राख्ने भएका छन् । कोशी गाउँपालिकाका अध्यक्ष अयूव अनसारीले श्रृखलाबद्द रुपमा हातीले मानवीय क्षती गराउने क्रम नरोकिएको गर्दा आरक्ष प्रशासनलाईं दबाब दिने बताए ।
हातीले आक्रमण गर्दा मंसिर २९ गते कोशी गाउँपालिका वडा नं. ६ का २७ वर्षे प्रमोद यादवको मृत्यु भएको थियो । त्यो बेला मकुना हातीले आक्रमण गर्दा यादवको मृत्यु भएको थियो । अहिले मकुना हातीलाईं मानवीय क्षती कम गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनबाट आएको डाक्टर अमीर सडौला नेतृत्व टोलीले डार्ट गरेर शिथिल बनाउन उपचार गरेको छ। जसले गर्दा कुन हातीले मोतीको मृत्यु भयो भनेर खुल्न सकेको छैन् । आरक्षका रेन्जर जयराम न्यौपानेका अनुसार कोशी टप्पु आरक्ष र आसपासका क्षेत्रमा भने बढी मात्रमा मकुना हातीले हिड्ने गर्छ । तर, मकुनालाईं अहिले डार्ट गरेर शिथिल बनाएकाले गर्दा कुनले आक्रमण गरेको खुल्न सकेको छैन् ।
मकुनालार्इं डार्ट गरेर शिथिल बनाएपछि पाँच–छ महिनासम्म चुपचाप बस्ने विश्वास गरिन्छ । कोशी टप्पु तथा आसपासका क्षेत्रमा श्रृखलाबद्द रुपमा मकुनाको आक्रमणबाट मर्नेको संख्या थुपैै्र छ ।
कोशी टप्पु आरक्ष र आसपासका क्षेत्रमा १६ वटाको संख्यामा हाती रहेकोमा सवैभन्दा बढी मानवीय क्षती मकुनाकै कारण हुने गरेको छ । हाती मकै, धान, उखु र आप लगायतमा लोभिएर गाउँ प्रवेश गर्दा मानवीय क्षती हुने गरेको छ । कोशी टप्पु क्षेत्रमा रैथाने रुपमा शुरुवातमा ११ वटा हाती थिए । पछि तिनै हातीले छावा बच्चा जन्माएर १४ वटा पुगेका थिए । अघिल्लो वर्ष तीनवटा छावा जन्माएपछि १७ वटा पुगेका थिए । मंसिर ६ गते बिजुुलीको तारले जेलिएर सप्तरी कञ्चनरुप नगरपालिका क्षेत्रमा बुढो दाह्रे हातीको मृत्यु भएपछि १६ मा झरेका हुन् ।
सुनसरी, सप्तरी र उदयपुर गरी एक सय ७५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको आरक्षमा हातीलाईं गाउँ प्रवेश गर्नबाट रोक्नका निम्ति सुनसरीको वस्तीतर्फ विद्युतीय घेराबेरा गरिएपनि सप्तरी र उदयपुर क्षेत्रमा भने बाँकी छ । कोशी पूर्वको सुनसरीतर्फ २५ किलोमिटर विद्युतीय घेराबेरा भइसकेको छ। यद्यपी कतिपय स्थानमा हातीले विद्युतीय घेराबेरा भत्काउने गरेको छ। रुखको हागा डालेर लत्राएर घेराबेरा भत्काउने गरेको छ। जसले गर्दा सहजै वस्तीमा प्रवेश गर्छन् ।
नेपालमा कुल २०० देखि २२५ वटा जंगली हाती छन् । कोशी टप्पुमा १६ वटा हाती रहेकोमा भारतबाट झापाको बाहुन डागीमा १३० देखि १५० वटासम्म आउने गरेका छन् । आरक्ष आसपासको मध्यवर्ती क्षेत्रमा १४ हजार ८६५ घर परिवारका ८४ हजार ४२३ जना बसोबास गर्छन् ।

प्रतिकृया दिनुहोस्