अध्यक्ष राई प्रधानमन्त्री ओली नेतृत्वको नेकपामै, योजना बनाएर भ्रामक प्रचार गरेको खुलसा

धनकुटा । नेकपा धनकुटाका अध्यक्ष एवं सांसद राजेन्द्र राई बिरुद्ध सुनियोजित रुपमा माधव–प्रचण्ड समुहले प्रचारबाजी गरेको खुलेको छ । धनकुटामा पुस १४ गते आयोजना गरेको धनकुटा जिल्ला भेलामा न्युन उपस्थिती भएपछि अत्तालिएका माधब–प्रचण्ड समुहले आफु निकटका पत्रकार मार्फत समाचार लेखाइ चरित्र हत्या गर्ने प्रयास गरेको खुलेको छ ।
होटल प्यासिफिकको सानो हलमा आयोजना गरेको गुट भेलामा जिल्लाका प्रभावशाली नेताको अनुपस्थिती भएपछि अध्यक्ष राईको चरित्र हत्या गर्ने कार्य थालेको बताइएको छ । भोजपुरबाट सञ्चालन भइरहेको एक अनलाइनमा मन्त्री नपाएपछि माधव–प्रचण्ड समुह लागेको भन्ने भ्रामक समाचार प्रकाशित गराउन केन्द्रीय तहका नेताको निर्देशन रहेको बताइएको छ ।
उक्त समाचार प्रकाशित भएपछि नेकपा धनकुटाका कार्यालय सचिव भीम राईले प्रेस विज्ञप्ती प्रकाशित गरी अध्यक्ष राई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा रहेको मुल पार्टी नेकपामै जिम्मेवार भएर क्रियासिल रहेको जानकारी दिइएको छ । धनकुटाको विकास निर्माणको योजना माग गर्नको लागि काठमाडौमा रहेका अध्यक्ष राईले समेत भ्रामक र कपोकल्पित समाचार भएको बताए ।
धनकुटा जिल्लामा अध्यक्ष राईको नेतृत्वमा सातवटै स्थानीय तहमा पुर्व नेकपा एमालेका उम्मेदवारले जितेका थिए । त्यस्तै प्रदेश र प्रतिनिधि सभाको निर्वाचन समेत जितेको थियो । ती सबै निर्वाचित जनप्रतिनिधि अध्यक्ष राईसँगै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा रहेको नेकपामा छन् । उनीहरुको कारण धनकुटामा पुर्व माओबादी निकट नेता समेत नेकपामै रहने भएपछि अध्यक्ष राईको विषयमा भ्रम फैलाउने कार्य भएको बताइएको छ । ।

प्रतिकृया दिनुहोस्