जलस्राेतकाे बहुउपयाेग हुनु पर्ने बिज्ञहरूकाे भनाइ

काठमाडाै । जलस्राेत मन्त्रत्रालयका सचिव मधुसुुदन अधिकारीले जलस्राेतलाई बहुउपयाेग गर्ने नीति आवश्यक रहेकाे बताएका छन् । सरकारले जलस्राेतलाई बहुउपयाेग नीति ल्याएकाे बताए । फ्रेन्डसिप फाेरम अफ नेप्लिज जर्नलिस्टले आयाेजना गरेकाे दक्षिण एशियाकाे जलस्राेत र नेपाल दृष्टि बिषयक अन्तरक्रिया कार्यक्रममा बाेल्दै जलस्राेत सचिव अधिकारीले स्थानीय तहकाे पहलमा जलस्राेतकाे बहुउपयाेग नीति कार्यन्वयन गर्ने बताए ।जलस्राेतलाई ब्यबस्थापन गर्न एकीकत नीति आवश्यक रहेकाे उनले बताए । पुुुुुर्व मुख्यसचिव लिलामणी पाैडेलले विकासकाे नाममा छिमेकी देशकाे बिरूद्ध प्रयाेग हुन नहुने बताए । मुख्य सचिव हुँदा यस्ता निर्णय राेकेकाे बताए । कार्यक्रमामा पुर्व मन्त्री दीपक ज्ञावली, इपान उपाध्यक्ष गणेश कार्की, जलस्राेत बिज्ञ भरत शाही, रतन भण्डारी, पत्रकार प्रभात चलाउने लगायतले जलस्राेत उपयाेगिता र प्रयाेग नीति निर्माणकाेे बिषयमा बाेलेका थिए ।

प्रतिकृया दिनुहोस्