बैशाखमा चु्नाव हुन सक्दैनः महामन्त्री कोईराला

बैशाखमा चु्नाव हुन सक्दैनः महामन्त्री कोईराला
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कपिलवस्तु  । कांग्रेसका महामन्त्री सशांक कोर्इृरालाले प्रधानमन्त्री केपी ओलीले संसद बिघटन गरको मुद्दा सर्वोच्च अदालतमा चलिरहेका बेला आउने बैशाखमा चुनाव हुन नसक्ने ठोकुवा गरेको छन । प्रधानमन्त्री ओलीको कदमलाई असबैधानिक भन्दै उनले सर्वोच्चबाट आउने फैसलालाई मान्ने तर बैशाखमा चुनाव हुने कुुनै संभावना नरहेको बताए ।

३५ औ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा कपिलवस्तुका बिभिन्न कार्यक्रममा सरिक भएका महामन्त्री कोईरालाले प्रेस युनियन कपिलवस्तुले जितपुरमा राखेको कार्यक्रममा सो धारणा राखेका हुन । चुनाव कहिले हुन्छ अहिलेको अवस्थामा कुनै टुंगो छैन तर बैशाखमा हुने कुनै छाँट छैन ’ उनले भने ‘ च्नावमा जान कांग्रेस डराएको छैन ।

२००७ साल पछि ७० बर्षको लामो प्रयास पछि बनेको अहिलेको संबिधानलाई प्रधानमन्त्री ओलीले प्रहार गरेकोले त्यसको रक्षा गरी संबिधानलाई बचाउन नै कांग्रेस अहिले बिरोधमा उत्रेको बताएका छन । संविधानको रक्षा गर्नु नै काग्रेंसको पहिलो प्राथमिकता रहेको हो । त्यसैले ओलीको असैधानिक कदम बिरुद्ध पार्टी सडकमा उत्रेको हो बताए ।  कांग्रेसको प्रभाव रहेको चितवनमा प्रचण्ड पुत्रीलाई साथ दिएर कांग्रेसले गल्ती गरेको जिकिर गरे । उनले कांग्रेस एक्लै चुनाव लडनु पर्ने बताए