जसपाका केन्द्रीय सदस्य बबनसिंह गरे नेकपा प्रवेश

जसपाका केन्द्रीय सदस्य बबनसिंह गरे नेकपा प्रवेश
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रौतहट । संविधानसभा सदस्य तथा पूर्वसाँसद बबन सिंह नेकपामा प्रवेश गरेका छन् । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सिंहले सहरी विकास मन्त्री प्रभु साहबाट टीका र माला लगाई प्रधानमन्त्री ओली समूहको नेकपामा प्रवेश गरेका हुन् । नेकपामा प्रवेश गरेपछि पूर्वसाँसद सिंहले प्रदेश २ सरकार चरम भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन् ।

यसै गरी प्रमोद यादवसहित जसपाका विभिन्न तहका नेता तथा कार्यकर्ता पनि नेकपामा प्रवेश गरेका छन् । यसै गरी नेपाली काँग्रेसका लालबाबु साह पनि सयौँ कार्यकर्तासहित नेकपामा प्रवेश गरेका छन् ।