पूर्वी पृतना मुख्यालय इटहरीमा प्रदर्शन

इटहरी । सात महिनाअघि सेनाको २ नम्बर वाहिनी हिले धनकुटामा सेनाका मेजर हवाल्दारको मृत्यु प्रकरण शंकास्पद भएको दावी गर्दै परिवारका सदस्यले किटानी जाहेरी दिएका १४ जनालाईं कारबाहीको माग गर्दै विहीबार इटहरीमा प्रदर्शन गरेका छन् ।
जेठ ५ गते गम्भिर घाइते भएर १२ गते बिएमसि अस्पताल विराटनगरमा मृत्यु भएका सेनाका हवाल्दार सुनसरी रामधुनी– ३ का पर्शुराम भट्टराईका परिवारका सदस्य र आफन्तले सेनाको पूर्वी पृतना मुख्यालय परिसरमा प्रदर्शन गरेका हुन । मृतककी श्रीमती कमलाले घटना संकास्पद भएकाले गर्दा १४ जनाबिरुद्द किटानी जाहेरी दिएपनि अनुसन्धान नभएकाले गर्दा न्यायका लागि प्रदर्शनमा उत्रनुपरेको बताइन् । आफ्ना श्रीमानको हत्या नै भएको दाबी गर्दै कमलाले निस्पक्ष छानबिनसहित दोषीलाई कारबाही हुनुपर्ने माग गरिन् ।
पर्शुरामकी श्रीमती कमलाले घटना शंकास्पद भएको जनाउँदै सेनाका तत्कालिन वाहिनीपतिसहित १४ जनाबिरुद्द किटानी जाहेरी दिएपछि मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाले मुद्दा दर्ता गरेको हो । परिवारका सदस्य भने अनुसन्धान पक्रिया प्रहरीले अघि नबढाएको भन्दै आक्रोसित छन् ।
कमलाले दिएको किटानी जाहेरी अनुसार तत्कालीन २ नम्बर बाहीनीका बाहिनीपति यमप्रसाद ढकालसहित सैनिक राजकुमार बस्नेत, तुन्जिङ शेर्पा, बाबुराम कार्की, दिलबहादुर कार्की, अकलबहादुर घले मगर, शेरबहादुर लिम्बु, गणेश श्रेष्ठ, अमरबहादुर देउजा, योगेन्द्र बास्तोला, भुवन थापा, लिला बि.क, आर्मस्ट्रङ्ग कबिरथ र दुर्गा बहादुर तामाङ्बिरुद्द मुद्दा दर्ता भएको छ ।
३८ वर्षीय पर्शुराम २ नम्बर बाहिनीमा जेठ ५ गते राति अचेत भइ लडेको अवस्थामा फेला परेको बाहीनीले जनाएपनि तत्काल परिवारका सदस्यलाई कुनै जानकारी नदिईकन अस्पताल भर्ना गरेपछि मात्र थाहा पाएकाले घटना रहस्यमय भएको परिवारका सदस्यले बताउँदे आएका छन् ।

प्रतिकृया दिनुहोस्