छ हजार घुससहित प्रहरी हवाल्दार पक्राउ

छ हजार घुससहित प्रहरी हवाल्दार पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

इटहरी ।  छ हजार घुससहित सुनसरी हरिनगरबाट शुक्रबार दिउँसो एक जना प्रहरी हवाल्दार पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले इलाका प्रहरी कार्यालय हरिनगरमा कार्यरत प्रहरी हवाल्दार भोला यादवलाईं पक्राउ गरेको हो । स्थानीय व्यापारीसँग भारतबाट नेपालतर्फ सामान तस्करी गरि ल्याउन सहयोग गरेर पैसा लिँदा हवल्दार यादव पक्राउ परेको अख्तियार आयोग इटहरीका प्रवक्ता उपसचिव पुरुषोत्तम ढकालले बताए ।

ढकालका अनुसार यादवले लामो समयदेखि व्यापारीसँग पैसा लिने गरेको उजुरीका आधारमा अख्तियारको टोलीले निगरानीमा राखेको थियो । यादव शुक्रबार भने रंगेहात पक्राउ परेका हुन् । पक्राउ परेका यादवलाई अख्तियार कार्यालय ल्याएर अनुसन्धान थाल्ने जानकारी दिइयो ।