गाजासहित एक जना युवा पक्राउ

गाजासहित एक जना युवा पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

इटहरी । लागूऔषध कारोबारी तथा सेवनकर्ता युवाको संख्या बढ्दो गतिमा भइरहेका बेला इटहरीबाट शुक्रबार बिहान एक जना युवालाईं प्रहरीले पक्राउ गरेको छ ।

 प्रहरीले मोरङ केरावारी वडा नं. ५ का २४ वर्षे मानवहादुर लिम्बुलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले दुई केजी सात सय ग्राम गाजा बरामद गरेको छ । घटनाक्रम अनुसार शुक्रबार बिहान ३ बजेतिर सुनसरीबाट मोरङतर्फ जादै गर्दा बुढीखोला नजिकै को १४ प ९२०२ नम्बरको मोटरसाइकलमा दुई जना सवार थिए । प्रहरीलाईं देख्नासाथ मोटरसाइकलमा सवार एक जना व्यक्ति फरार भए । त्यसपछि प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा मानबहादुरको साथबाट झोलाभित्र बोरामा गाजा फेला परेको प्रहरीले जनायो ।