प्रदेश नं. १ मा सरकार गठनका लागि कसैलाई वचन दिएको छैनः नेपाली काँग्रेस

प्रदेश नं. १ मा सरकार गठनका लागि कसैलाई वचन दिएको छैनः नेपाली काँग्रेस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ । प्रदेश नं. १ मा नयाँ सरकार गठन गर्न छलफल अघि बढीरहेका बेला नेपाली काँग्रेसले अहिलेसम्म नेकपाको कुनै पनि पक्षलाईं वचन नदिएको प्रस्ट पारेको छ ।

प्रदेश नं. १ मा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका मुख्यमन्त्री शेरधन राईंबिरुद्द अविश्वासको प्रस्ताव दर्ता भएपछि १५ जना सांसदलाई निलम्बन गरेसँगै नेकपाका पुष्पकमल दाहाल–माधव नेपाल समूहले संसदीय दलको नेतामा भीम आचार्यलाई निर्वाचित गरेको पत्र प्रदेशसभामा दर्ता गरेकाले सरकार गठन गर्न छलफल अघि बढेको छ । मुख्यमन्त्री राईं र दाहाल–नेपाल समूह दुवैले काँग्रेसलाई साथ लिन खोजेका बेला पार्टीको केन्द्रीय निर्णय तथा निर्देशन बिना प्रक्रिया अघि नबढ्ने काँग्रेसले जनाएको छ ।  

नेपाली काँग्रेस प्रदेश नं. १ संसदीय दलका नेता तथा सुनसरी सभापति राजीव कोइरालाले दुवै पक्षसँग वार्ताको जारी भएपनि कुनै पनि पक्षलाई वचन नदिएको र निर्णय पनि नभएको स्पस्ट पारे । नेपाल प्रेस यूनियन सुनसरीले शुक्रबार इटहरीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेता कोइरालाले लोकतन्त्रको अगुवाई गरेको पार्टी भएकाले गर्दा अहिलेको अवस्थामा सरकारमा जान हतार गर्न नहुने बताए । 

उनले संसद पुर्नःस्थापना हुनुपर्ने नत्र सर्वोच्च अदालतले चुनाब गर्ने निर्णय गरेमा त्यसका लागि पनि काँग्रेस तयार हुनुपर्ने बताए । उनले ओली नेतृत्व सरकारले चुनाब गराउने कुनै ग्यारेन्टी गर्न नसक्ने जिकिर गरे । सोही कार्यक्रममा काँग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापाले प्रतिनिधीसभा विघटन गर्नु आपत्तीजनक भएपनि चुनाब काँग्रेसको लागि आत्मा भएकाले गर्दा त्यसको तयारीमा पनि लाग्नुपर्ने बताए । प्रदेश नं. १ का मुख्यमन्त्री राईले पार्टी विधानविपरीत काम गरेको भन्दै दाहाल–नेपाल पक्षीय १५ जना प्रदेशसभा सदस्यलाई निलम्बन गरेका छन् । दाहाल–नेपाल समूले मुख्यमन्त्री राईलाई दलको नेताबाट हटाएका छन् । प्रदेशसभामा कुल ९३ सांसदमध्ये नेकपामा ६७ जना छन् । प्रदेशसभामा काँग्रेसका २१, जनता समाजवादीका तीन र संघीय लोकतान्त्रिक मञ्च तथा राप्रपाका एक÷एक जना सांसद छन् ।