June 21, 2021, Monday
२०७८ असार ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

ब्यबस्था बचाउन प्रतिनिधिसभा विघटन भएको मन्त्री रायमाझी भनाइ

ब्यबस्था बचाउन प्रतिनिधिसभा विघटन भएको मन्त्री रायमाझी भनाइ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पोखरा । उर्जा मन्त्री टोपबहादुर रायमाझीले ब्यबस्था बचाउन संसद विघटन गर्नुपरेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षको कास्की जिल्ला स्तरिय बृहद कार्यकर्ता भेलालाई शुक्रबार पोखरामा सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले सिस्टम बचाउनका लागि संसद भंग गरेको जिकीर गरेका हुन् । नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री रायमाझीले प्रचण्ड–माधव समूहले बहुमतको दम्भमा प्रधानमन्त्रीलाई हटाएर सिस्टम माथि नै प्रहार गर्न लागेकाले प्रधानमन्त्रीले बाध्य भएर संसद विघटन गरेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षीय नेता रायमाझीले ओलीलाई प्रधानमन्त्री, पार्टी अध्यक्ष, पार्टी सचिवालय, स्थायी कमिटी र सांसद पदबाटसमेत हटाउने षडयन्त्र भएको थाहा पाएपछि बाध्य भएर संसद विघटन गरिएको उनले बताए । 

पूर्व माओवादी नेतासमेत रहेका मन्त्री रायमाझीले आफूहरुलाई पूर्व माओवादीको लिगेसी छाडेको आरोप निराधार भएका बताए । बादल, लेखराज भट्ट, म लगायतलाई अहिले माओवादी लिगेसी छाडेको आरोप लगाइएको छ,उनले भने,‘माधवलाई अध्यक्ष बनाउँदा माओवादी लिगेसी हुने अनि केपी ओली अध्यक्ष भएको पार्टीमा हुँदाचाहिं माओवादी लिगेसी छाडेको हुने ? त्यस्तो हुँदैन ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विकास र समृद्धी नचाहने तत्वले सरकारलाई अप्ठेरोमा पारेका कारण नया जनादेशमा जानुपरेको बताए ।