जानुका र निश्चलको ‘उभौली मेला’ बजारमा

जानुका र निश्चलको ‘उभौली मेला’ बजारमा
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

खोटाङ । खोटाङका संगीतकर्मी जानुका राई र गायक निश्चल राईको ‘उभौली मेला’ बोलको गीति भिडियो बजारमा आएको छ । साकेला उधौलीको अवशरमा गायीका राई र गायक राईले साकेला बिटकै भिडियो गीत बजारमा ल्याएका हुन् । शब्द तथा संगीत स्वयम गायक निश्चलकै रहेको भिडियो गीतलाई ‘जानुका राई अफिसियल’ युट्युव च्यानलवाट बुधबार सार्वजानिक गरिएको छ ।

सुम्निमा कलेक्सन ललितपुरले निर्माण गरेको भिडियो गीतमा साकेला सिली नाच्ने क्रममा साटिने मायाँ, गरिने गीति बार्तालाप, मुन्धुमी संस्कृति लगायतका पक्ष समेटिएको छ । संगीतका माध्यमबाट किरात राई साँस्कृतिक अभियानमा लागेका गायक÷गायिकाद्वयको ‘उभौली मेला’मा पनि किराती सौन्दर्यलाई उजागार गरिएको किरात राई साँस्कृतिक कलाकार संघका केन्द्रीय सचिव पदम थुलुङ राईले बताए ।

भिडियो गीतमा उमेश राई (फुलन्देकी आमा), शेसुका राई, योगेन्द्र राई लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । विज्ञान राईको निर्देशन र योगेन्द्र राईको सह–निर्देशनमा तयार पारिएको भिडियो गीतमा सपन तामाङ र सागर किरातीले कोरियोग्राफ गरेका छन् । दर्जनौं फुटकर गीतहरुमा स्वर दिएकी जानुकाको किराती मिथकमा आधारित गीतहरु समेटिएको ‘थिबिया’ नामको गीति भिडियो चर्चित छ । यस्तै, यलम्बर आईडलको दोश्रो संस्करणको उपाधि जित्न सफल गायक निश्चलका पनि दर्जनौं गीत बजारमा आइसकेको छ ।