प्रचण्डको १९ बुँदे आरोप पत्रले पार्टी विभाजन गरायोः नेता बादल

प्रचण्डको १९ बुँदे आरोप पत्रले पार्टी विभाजन गरायोः नेता बादल
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । नेकपाका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादलले पार्टीको बैठकमा पुष्पकमल दाहालले राखेको १९ पेजको आरोप पत्रले नै नेकपा विभाजन गराएको बताएका छन् । पार्टीको अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई अपराधीकरण गर्नको लागि पेश गरिएको आरोप पत्र फिर्ता लिनको लागि अनुरोध गर्दा समेत गरेनन् । उल्टै संसदमा महाभियोग  लगाउन अबिश्वासको प्रस्ताव दर्ता गर्ने प्रयास भए । यी कार्यले पार्टी विघटनको विन्दुमा प¥याएको नेता बादलले बताए ।

               प्रधानमन्त्री ओली नेतृत्वको नेकपाको काठमाडौ जिल्लास्तरी भेलामा बोल्दै नेता बादलले प्रतिगामी शक्तिलाई साथ दिन प्रचण्ड–माधव गुट छुटिएर गएको बताए । यो गुट नीति र कार्यक्रममा आधारित नभै पद र शक्ति आर्जन गर्नको लागि पार्टी विभाजन गरेर प्रचण्ड–माधव गुट विभाजन भएर गएको आरोप समेत लगाएका छन् ।

 हामी विचार र नीतिसँगै सहि नेतृत्वका साथ आएका छौ । त्यसैले निर्वाचनमा जाने फैसला गरेका छौ । यो अग्रगामी र परिवर्तनको लागि गरिएको निर्णय भएको नेता बादलले बताए ।