प्रचण्ड र माधव नेपालको कुण्ठाले पार्टी विभाजन भोः नेता पोखरेल

प्रचण्ड र माधव नेपालको कुण्ठाले पार्टी विभाजन भोः नेता पोखरेल
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । नेकपाका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्डको अवसरबाद र कुण्ठाको भारी बोकेका माधव नेपालको कारण नेकपा विभाजन गराएको बताएका छन् । पार्टीको अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई अपराधीकरण गर्ने र आफु अनुकुल ब्यख्या विश्लेषण गर्ने दुइ नेताको कारण पार्टीमा समस्या सिर्जना भयो । ब्यबस्थापनको लागि पटकपटक भयो । तर बाहिरी ईसारामा हिडेका नेताले पार्टी विभाजन गराएको छ । यो नग्न उत्कर्ष हो । यसलाई नाङ्गेझार पार्नु पर्ने नेता पोखरेलले बताए ।

प्रधानमन्त्री ओली नेतृत्वको नेकपाको काठमाडौ जिल्लास्तरी भेलामा बोल्दै नेता पोखरेलले महाधिबेसन र निर्वाचनबाट भागेका नेताको कारण अहिलेको जटिल परिस्थिती सिर्जना भएको बताए । निर्वाचन र महाधिबेसनबाट नेतृत्व लिन आनाकानी गर्ने तर उधारो होइन, हाताहाती चाहिन्छ भन्ने सोचले पार्टीलाई दुघर्टनामा पु¥याएको उनले बताए ।