May 15, 2022, Sunday
२०७९ जेष्ठ १, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

प्रधानमन्त्री ओली भन्छनः रङ्गी विरङ्गी पुतली सरकार बनाउने प्रयास रोक्न प्रतिनिधिसभा विघटन

प्रधानमन्त्री ओली भन्छनः रङ्गी विरङ्गी पुतली सरकार बनाउने प्रयास रोक्न प्रतिनिधिसभा विघटन
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली दुइतिहाइको सरकार ढालेर रंगी विरङ्गी पुतली सरकार बनाउने प्रयास भइरहेकाले निर्वाचनमा जान परेको बताए । लामो समय पुतली सरकार देखियो । त्यो सरकारले परिवर्तन दिएन । त्यसैले अहिले लोकतन्त्रलाई जोगाउन ताजा जनादेश मात्र विकल्प रहेको छ । त्यसैले निर्वाचनमा सिफारीस गरेको प्रधानमन्त्री ओलीले बताए । 

शनिबार नेकपाको काठमाडौ जिल्लास्तरी भेलामा बोल्दै प्रधानमन्त्री ओलीले बहुमत प्राप्त दलको प्रधानमन्त्रीले विघटन गरेको प्रतिनिधीसभा पुनःस्थापना हुँदैन । निर्वाचनको तयारी भइरहेको छ । मुद्दा लगाइएको छ । मुद्दा लगाउन पाइन्छ । यो चल्दै गर्छ । तर संविधान अनुसार विघटन भएको प्रतिनिधि सभा पुनःस्थापना नहुँने प्रधानमन्त्री ओलीले बताए ।

बरमझियाको पेडा पसल जस्तो असली हुने प्रयास भइरहेको छ । कार्यकर्ताले जम्मा गरेको पैसा र पार्टी कार्यालय कब्जा गर्ने प्रयास भएको छ । सुर्य चिन्ह हाम्रो भनिरहेको छ । गफै त हो सम्धी भने जस्तै अरुको सम्पत्ति माथी धावा बोल्ने कार्य हुँदैछ । तर रिङमा गएपछि असली मुक्केबाजले ठोकेपछि आउट हुने प्रधानमन्त्री ओलीले बताए ।

माधव–प्रचण्ड जस्तो कसैलाई कार्वाही गरेको छैन । केन्द्रिय कमिटिमा ठाउँ राखेको छ । एकदिन  फर्किनु हुनेछ । फर्किन्दा फेरी उपद्रो गर्न पाइन्दैन ।  गुट पाइन्दैन । यी कुरा सच्चिएर आउनु पर्ने आली बताए । 

नेकपा पार्टीको बैठकमा नआएर हराएका केहि मान्छेहरुले एउटा सभा गराए छन् । त्यहाँ दर्शने ढुंगा ठोकिए जस्तो झल्याक झुलुक हुन थालेछन् । माथीका नेताहरुको आँखा पदमा मात्रै छ । फुटेर जाँदा समेत पद मिलेको छैन । पद चाहिए बैठकमा आउनुस, पद दिन तयार रहेको प्रधानमन्त्री ओलीले बताए । 

देश बनाउने होइन, पार्टी फुटाउने र पद पाउने सपना देखेछन् । केपी ओलीलाई निकाल्दिउ भन्ने निर्णय गरेछन् । जस्को कटेरो उस्कै पुच्छर बाहिर भने जस्तो पार्टीको अध्यक्षलाई निकाल्ने ? उनले प्रश्न गरे ।

राष्ट्रिय आंकक्ष समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा सरकारले लगाएको छ । यो नारा र अभियान विदेशी नेतालाई थाहा छ । तर नेकपाका नेता माधव प्रचण्ड र झलनाथलाई थाहा छैन । एक ठाउँमा पनि समृद्ध नेपाल सुखी नेपालीको कुरा उनीहरुले कतै नगरेको बताए ।

नेकपाको नेतृत्व परिवारका छोरा बुहारी र दाजुभाइका लागि लडिरहेका छैनौ । हामी देशबासी जनताको लागि लडिरहेका छौ । यसकै लागि एकता गरेका थियौं । तर पार्टीमा कार्यकर्ता परिचालन भएन । असंगठित र अलमलमा राखियो । खिया लागेको दुइवटा नटबल्टु फेरेपछि पार्टीको गाडी अगाडी बढेको अध्यक्ष ओलीले बताए ।

तराई बिरोधी भन्नेहरुले तराईमा भएको विकास हेर्नु पर्छ । सडक र अन्य काम भएको  प्रधानमन्त्री ओलीले जिकिर गरे ।