January 28, 2022, Friday
२०७८ माघ १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

अविश्वासको प्रस्ताब सामना गर्न तयार छुः मुख्यमन्त्री गुरुङ

अविश्वासको प्रस्ताब सामना गर्न तयार छुः मुख्यमन्त्री गुरुङ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गोरखा । गण्डकी प्रदेशमा जतिसुकै बेला अविश्वासको प्रस्ताव दर्ता हुने सक्ने र त्यसको लागि आफू सामना गर्न तयार रहेको मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् । ‘उहाँहरुले अविश्वासको प्रस्ताब जतिसुकै बेला दर्ता गर्न सक्नुहुन्छ, त्यसको लागि म तयार छु’ प्रचण्ड–माधव पक्षलाई लक्षित गर्दै शनिवार गोरखा सदरमुकाममा आयोजित पत्रकार भेटघाटका क्रममा उनले भने ।

‘केन्द्रमा र अरु प्रदेशमा झगडा हुदैमा गण्डकी प्रदेशमा पनि झगडा गर्नैपर्छ भन्ने छैन । मिलेर जानुपर्छ । अरु प्रदेशका लागि पनि नमूना प्रदर्शन गर्नुपर्छ भन्ने मेरो तर्क छ’, मुख्यमन्त्री गुरुङले थपे ।

शनिबार गोरखा सदरमुकाममा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गण्डकी प्रदेश इञ्चार्जसमेत रहेका गुरुङले झ्यालबाट आउने जाने गर्नेहरु पार्टी अध्यक्ष पनि हुन नसक्ने, संसदीय दलका नेता पनि हुन नसक्ने दाबी गरे । साथै उनले टाउको गनेर बहुमत र अल्पमतको कुरामा नअल्झन नेता कार्यकर्तालाई आग्रह गरे ।