कारको ठक्करबाट पाटे बाघकाे मृत्यु

कारको ठक्करबाट पाटे बाघकाे मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बारा । जितपुर सिमरा उपमहानगरपालिका– १ स्थित आधाभार जंगलमा कारको ठक्करबाट शनिबार बाघ मरेको छ ।

पर्सा राष्ट्रिय निकुञ्जको अमलेखगञ्ज–पथलैया सडकखण्डमा कारको ठक्करबाट एउटा पोथी बाघ मरेको हो  । हेटौंडाबाट निजगढ तर्क गइरहेको बा १६ च ८११ नम्बरको  कारको ठक्करबाट माघ मरेको ईलाका प्रहरी कार्यालय सिमराले बताएको छ ।

बाघलाई ठक्क दिने  गाडी र चालक सर्लाही निवासी अजयकुमार मिश्रलाई नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी दिपक श्रेष्ठले बताएका छन् । सडक पार गरिरहेको बाघलाई तीव्र गतिमा रहेको उक्त कारले ठक्कर दिदा बाघको मृत्यु भएको  प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।