प्रदेश १ लाई प्रधानमन्त्रीकप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीताको उपाधी

प्रदेश १ लाई प्रधानमन्त्रीकप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीताको उपाधी
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दाङ । प्रधानमन्त्रीकप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीताको उपाधि प्रदेश नम्बर १ ले चुमेको छ । बिभागीय टोली एपिएफलाई हराउँदै प्रदेश १ ले पहिलो पटक उपाधि हात पारेको हो । दाङ लमही स्थित देउखुरी क्रिकेट मैदानमा आईतवार भएको फाईनल खेलमा एपिएफलाई ६ रनले हराउदै उपाधी जितेको हो ।

प्रदेश १ ले प्रस्तुत गरेको १ सय ६ रनको विजयी लक्ष पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको बिभागीय टोली  एपीएफ निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९९ रनमा सिमित हुन पुग्यो ।

उपाधिसँगै प्रदेश १ ले नगद पाँच लाख प्राप्त गर्दा उप–विजेता बनेको एपीएफले तीनलाख प्राप्त गरेको छ । ११ पुस देखि लमही स्थित देउखुरी क्रिकेट मैदानमा भएको प्रतियोगीतामा सातै प्रदेश र एक बिभागीय टोली एपिएफ सहित ८ टिमको सहभागिता थियो ।