प्रचण्ड-नेपालले पार्टी फुटाउन समेत सक्दैननः पोखरेल

प्रचण्ड-नेपालले पार्टी फुटाउन समेत सक्दैननः पोखरेल
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रूपन्देही ।  नेकपा रुपन्देही (ओली) समूहले आईतबार बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफूहरु नै आधिकारिक पार्टी भएको भन्दै प्रचण्ड र माधव नेपाललाई अब फुटाउन समेत बैधानिक संकट आउने बताए । उनले पूर्व एमाले र पूर्व माओवादी विचको पार्टी एकतापछि प्रथम अध्यक्ष र संसदीय दलको नेता केपि शर्मा ओलीलाई चुनेको र प्रथम अध्यक्षले नै मनोनित गरेको केन्द्रीय समिति बनेको बताए । ‘प्रथम अध्यक्षले ११९९ केन्द्रीय सदस्य थप गर्नुभएको छ, यस आधारमा प्रचण्ड र माधव नेपालले ४० प्रतिशत केन्द्रीय सदस्य कसरी पु¥याउनुहुन्छ’ पोखरेले प्रश्न गरे – प्रथम अध्यक्ष, महासचिव विनाको पार्टीको वैधानिकता हुँदैन, उहाँहरुमा (प्रचण्ड नेपाल) पार्टी फुटाउने हैसियत समेत छैन ।’

उनले प्रतिनिधिसभा विघटन बाध्यत्मक अवस्था भएको बताउँदै अब प्रतिनिधिसभा पुनस्थापना हुन नसक्ने ठोकुवा गरे । उनले कार्यकारी अध्यक्षले पार्टी एकताको वाहनामा पूर्व एमालेभित्र खेलेर कम्यूनिष्ट पार्टीलाई नै विभाजनमा पु¥याएको आरोप लगाए । प्रथम अध्यक्ष तथा प्रधानमन्त्रीलाई संविधान, गणतन्त्र, सुशासन र विकासमा अयोग्य बनाउने गरि संघिन आरोपपत्र सचिवालयमा पेश हुनु नै पार्टी एकता विभाजनको कडी रहेको उनले बताए ।