संसद विघटन अग्रगामी कदमः रायमाझी

संसद विघटन अग्रगामी कदमः रायमाझी
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रूपन्देही ।  नेकपा रुपन्देही (ओली) समूहले आईतबार बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उर्जामन्त्री तथा नेकपाका स्थायी कमिटि सदस्य टोपबहादुर रायमाझीले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर प्राप्त उपलब्धिको रक्षा गरेको बताए । उनले प्रधानमन्त्रीलाई पदबाट हटाउन विपक्षीसँग साढगाठ गरेर चोरबाटोको प्रयोग गरेकै कारण यो स्थिती आएको बताए । ‘प्रधानमन्त्रीले संसद विघटन नगरेको भए, सिस्टम नै ध्वस्त हुन्थ्यो, व्यवस्था बचाउनका लागि प्रधानमन्त्रीसँग प्रतिनिधिसभा विघटन वाहेकको विकल्प थिएन’ उनले भने ।

उनले प्रतिनिधिसभा विघटन अग्रगामि कदम भएको बताए । महाधिवेशनबाट पराजित भएको नेता अध्यक्ष बनाउन र कसैलाई मन लाग्दैमा प्रधानमन्त्री बनाउन नदिएकै कारण पार्टीमा समस्या आएको उनले बताए । उनले प्रधानमन्त्री केपि ओली राष्ट्रबादी नेता भएको समेत बताए । ‘अरु नेता हिलाका माछा जस्ता हुन, केपि ओली बोलीका पक्का नेता हुन’ उनले भने । उनले आफूहरु नै आधिकारिक पार्टी भएको समेत दावी गरे । पूर्वमाओवादीको लिगेसीको कुरा निकै उठ्ने गरेको प्रसङगमा भने –‘आफू हुँदासम्म लिगेसी नभएपछि लिगेसी हुन्न भन्नु नै बेकार हो ।’ उनले प्रचण्डकै कारण माओवादीका इमान्दार नेताहरु बाहिरिएको बताए ।