नेवा च्यारिटी धरान रन फागुनमा हुने

नेवा च्यारिटी धरान रन फागुनमा हुने
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धरान । बर्षेनी आयोजना हुदै आएको धरान १० के रन, नवौं नेवा च्यारिटी दौड प्रतियोगिता आगामी फागुनमा हुने भएको छ ।

आयोजक धरान रन समुहले शनिबार पत्रकार सम्मेलन गर्दै दौड प्रतियोगिता फागुन ८ गते गर्ने जानकारी दिएको हो । कोभिड १९ को कारण यसपालीविगतमा भन्दा फरक तरिकाले दौड प्रतियोगिता आयोजना हुने समुहका अध्यक्ष रमु राईले जानकारी दिए । उनका अनुसार यसपाली एक जना जना मात्र उत्कृष्ट धावकधाविका(इलिट रनर्स)हरुलाई दौडमा सहभागि गराइनेछ । विगतका सँस्करणमा भने यो दौड प्रतियोगिता नेपालकै धेरै सहभागी हुनेमा पथ्र्यो । यो दौडमा ३ हजार भन्दा बढी सहभागी हुन्थे ।

यसपाली ‘स्टे फिट एण्ड हेल्थी, फाइट अगेन्स्ट कोभिड १९’ नारासहित प्रतियोगिता आयोजना हुनेछ । पुरुषतर्फ १० किलोमिटर रुटमा ४० मिनेट रेकर्ड अवधि भएका धावकले मात्र भाग लिन पाउनेछन् भने महिलातर्फ ५० किलोमिटर रेकर्ड अवधि भएका धाविकाले मात्र भाग लिन पाउनेछन् । च्यारिटी दौड भएकोले धावकधाविकाहरुलाई भाग लिन दर्ता शुल्क १ हजार लिने समुहले जनाएको छ ।

यसपाली खुलातर्फ मात्र स्पर्धा हुनेछ । महिला र पुरुषतर्फ पहिलो हुनेले नगद ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार पुरस्कार पाउनेछन् भने चौथो र पाँचौं स्थान हुनेलाई पनि सान्त्वना पुरस्कार, आकर्षक मेडल र प्रमाणपत्र दिइने समुहले जनाएको छ ।