ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बैतडी । ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । धनगढीबाट बझाङतर्फ गइरहेको बिना नम्बरको अनटेस्ट ट्याक्टर सोमबार बिहान २ बजे तिर जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको सिगास गाउँपालिका–९ बाँजपानीमा दुर्घटना हुँदा बझाङको बित्थडचिर गाउँपालिका–४ का ४० वर्षीय जितबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक बझाङको बित्थडचिर गाउँपालिका–५ का ३२ वर्षीय नरेन्द्र महरा र ट्याक्टरमा सवार सोही गाउँपालिका वडा नं.४ का २० वर्षीय कृष्ण बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालयका बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए । घाइते दुवैजनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।