हिउँले सेताम्मे कर्णाली

हिउँले सेताम्मे कर्णाली
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हुम्ला । कर्णालीको जुम्ला, मुगु, डोल्पा, हुम्ला हिउँले ढाकिएका छन् । कालिकोटका लेकाली क्षेत्रमा समेत हिउँ परेको हो । कर्णालीमा दोस्रो पटक हिउँ परेको हो । जुम्लामा आइतवार दिउँसोदेखि बादल  लागेको थियो । अत्याधिक चिसोसँग रातिदेखि हिमपात भएको हो । सदरमुकाम आसपासका क्षेत्रमा आधा फिट हिउँ जमेको थियो । लेकाली क्षेत्रमा एकदेखि डेढ फिटसम्म हिउँ परेको स्थानीय बताउँछन् । हिमपानसँगै यहाँको जनजीवन निकै कष्टकर बनेको छ । लेकाली क्षेत्रमा गाइबस्तुलाई समेत दाना खुवाउनको लागि सकस भइरहेको छ । हिमपातले कृषि बालीमा सिचाइँ गर्न सघाउ पुगेको छ ।

हुम्ला, मुगुलगायत हिमाली जिल्लामा बाक्लो हिमपात भएको हो । हिमपातका कारण हुम्लामा स्थानीयलाई घर बाहिर निस्कन समस्या भएको छ । एक गाउँ देखि अर्को गाँउ सम्म जान समेत कठिन भएको हो  । हिउँ परेपछि हुम्ला विमानस्थलमा तारा एयरलाइन्सका दुईवटा जहाज थन्किएका छन् । आइतबार बिहान नेपालगन्जबाट हुम्ला अवतरण गरेको एउटा जहाजको ब्याट्रीमा समस्या आएपछि प्राविधिक टोली ल्याएर अर्को जहाज आएको थियो । यी दुईवटै जहाज विमानस्थालमा थन्किएका हुन् ।

मर्मत गरी फर्किने बेलामा हिमपात भएपछि जहाज सिमकोटमै रोकिएको विमानस्थल प्रमुख विष्णु अधिकारी बताउँछन् । 

गत मंसिर २ गते पनि रारामा २ इन्च हिउँ परेको थियो ।  कालिकोटमा भारी वर्षासँगै लेकाली भेकहरुमा हिमपात भएको छ । लामो समयदेखि वर्षा नहुँदा चिन्तामा रहेका किसान आइतबार रातभर भारी वर्षासँगै हिमपात भएपछि खुसी भएका छन् ।

कर्णाली राजमार्गमा गुड्ने सवारी साधनहरु निकै कम छन् ।लामो समयदेखि खडेरीको मार खेप्दै आएका जिल्लाका कृषक पुस महिनामा वर्षा र हिमपात भएपछि हिउँदे बाली लगाउने तयारीमा जुटेका छन् ।