चुनाव हुँदैन भन्ने शंका नगर्नुस्ः मन्त्री तुम्बाहाम्फे

विराटनगर । भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारीमन्त्री शिवमाया तुम्बाहाङ्फेले चुनाव हुँदैन भनेर शंका नगर्न आग्रह गरेकी छिन् । विराटनगरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाम्फेले चुनाव हुँदैन भनेर शंका नगर्न आग्रह गरेकी हुन् ।
तुम्बाहाम्फेले सुरक्षा निकाय र निर्वाचन आयोगले चुनावको तयारी गर्न थालिसकेको बताइन् । ‘चुनाव हुँदैन भनेर शंका नगर्नुस्ं’ तुम्बाहाम्फेले भनिन्‘सुरक्षा निकाय र निर्वाचन आयोगले आबश्यक तयारी थालिसकेकाले निर्धारित समयमै निर्वाचन हुन्छ ।’ नेकपा विभाजन भइसके पनि घोषणा गर्न बाँकी नै रहेको तुम्बाहाम्फेले बताइन् । कतिपयले सरकारमै बसेर पनि सरकारका राम्रा कामबारे बोल्न नसकेको तुम्बाहाम्फेको भनाई छ । उनले कालापानी, लिम्पियाधुरा समेटिएको नक्सालाई निसान छापमा समेटेर संविधानले समेत चिन्ने बनाउँदा समर्थन गर्नेहरुले सरकारको राम्रो कामबारे भने बोल्न नसकेको बताइन् । मन्त्री तुम्बाहाङ्फेले प्रतिनिधिसभा विघटन अग्रगमनका लागि उचित कदम भएको दाबी गरिन् । दुई तिहाइको सरकारलाई काम गर्न नदिएपछि ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटन गरिएको उनले स्पष्ट पारिन् ।

प्रतिकृया दिनुहोस्