उद्योग बाणिज्य महासंघ प्रदेश १ समिति सर्वसम्मत निर्वाचित

उद्योग बाणिज्य महासंघ प्रदेश १ समिति  सर्वसम्मत निर्वाचित
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षमा टिकाराज ढकाल निर्विरोध निर्वाचित भएका छन् ।  सोमबार झापाको विर्तामोडका सम्पन्न तेस्रो साधारणसभाले कार्यसकितिका सबै पदका उमेद्वार सर्वसम्मत निर्वाचित गरेको हो । महासंघ प्रदेश १ को  एसोसिएट उपाध्यक्षमा राजेन्द्र राउत, जिल्ला÷नगर उपाध्यक्षमा भीम पौडेल र कोषाध्यक्षमा रमेशकुमार राठी निर्वाचित  भएका छन् । त्यसैगरी जिल्ला÷नगर सदस्यतर्फ वीरेन्द्र साह, युवराज शाक्य, कुमार भट्टराई, भूपालराज कटुवाल र प्रितम खड्गी निर्वाचित भएका छन् । एसोसिएट सदस्यतर्फ सुभाष आचार्य, राजन श्रेष्ठ , वस्तुगततर्फ रविनकुमार दाहाल, श्रवणकुमार अग्रवाल निर्वाचित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेशमा जिल्ला÷नगरतर्फ  पाँच जना, एसोसिएट र वस्तुगत तर्फबाट २–२ जना सदस्य रहने प्रावधान छ । उद्योग वाणिज्य महासंघ प्रदेश १ मा २ सय २९ सदस्य छन् ।