अनेरास्ववियूको धनकुटा जिल्ला सम्मेलन आयोजक कमिटी गठन

अनेरास्ववियूको धनकुटा जिल्ला सम्मेलन आयोजक कमिटी गठन
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा । अखिल नेपाल राष्टिय स्वत्रन्त्र बिद्यार्थी यूनियन धनकुटा जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरिएको छ । अनेरास्ववियूले बुधबार संगठनका केन्द्रिय सदस्य निरन राईको अध्यक्षतामा एक कार्यक्रम गरेर उक्त कमिटीको गठन गरेको हो । भेलाले संयोजक बसन्त राई र सचिव धनराज पोखरेल सहितको ७९ सदस्यीय कमिटी गठन गरेको छ । नवगठित समितिलाई केन्द्रिय सदस्य राईले सफतग्रहण गराएका थिए ।

जिल्ला भेलालाई नेकपा केन्द्रिय सदस्य एबम जिल्ला अध्यक्ष राजेन्द्रकुमार राई, जिल्ला कमिटी कार्यालय सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख टंक चौहान र नेकपा नगर कमिटी अध्यक्ष अर्जुन छाराले शुभकामना दिएका थिए । कार्यक्रममा नेकपा जिल्ला कमिटी सचिवालय सदस्य नेत्र भण्डारी, नगर कार्यालय सचिव लक्ष्मणप्रसाद घिमिरे, अनेरास्वव्यूका केन्द्रिय सदस्यहरु नवराज घिमिरे, युवा तिम्सिना, दिगान्तर पौडेल लगाएतका बिद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।