माइती नेपालले महिलालाई इ–रिक्सा प्रदान

माइती नेपालले महिलालाई इ–रिक्सा प्रदान
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

इटहरी । दिनप्रतिदिन महिलामाथि विभिन्न खाले हिंसा र मानव वेचविखनका घटना बढीरहेका बेला माइती नेपालले उद्दार गरेका तीन जना महिलालाई आत्मानिर्भर बनाउन इ–रिक्सा प्रदान गरेको छ । माइती नेपाल परामर्श तथा पुर्नःस्थापना गृह इटहरीले तीन जना महिलालाई बुधबार अटो रिक्सा प्रदान गरेको हो ।

पुर्नस्थापना गृहमा रहेर तालिम लिएका रिता कोइराला , सिता परियार र मनिसा कोइरालालाई रिक्सा प्रदान गरिएको हो । यी महिलालाई रिक्सा प्रदान गर्नाले रोजगारीको नयाँ अवसर प्रदान गरेको छ । अर्कातिर सामाजिक सोच र मान्यतालाई पनि बदल्न सहयोग गरेको छ ।

महिला हकहितका क्षेत्रमा विगत लामो समय देखि काम गर्दै आएको माइती नेपालले समस्यामा परेका महिला लागि स्वरोजगारीमा जोड दिदै आएको छ। जसमा यसअघि सीपमूलक तालिम सञ्चालन गरि महिलालाईं समाजमा पुर्नःस्थापना गदै आएकोमा यसपटक केही रकम माइती नेपालले र केही रकम एसबिआई बैक धरान शाखाले सहुलियत ब्याजमा महिलालाई ऋण प्रदान गरेपछि सफारी प्रदान गरिएको इटहरी पुर्नःस्थापना केन्द्र प्रमुख सुनिता कार्कीले बताइन् । माइती नेपालले ७५ प्रतिशत लगानी गरेको छ । 

पछिल्लो समय धार्मिक कार्य, विवाह गर्ने, रोजगारी लगाई दिने,सीमावर्ती बजारमा किनमेल गर्न लाने बहनामा महिलालाई वेचविखन गर्ने गरेकोमा माइती नेपालले उद्दार गरि परामर्श र पुर्नःस्थापना केन्द्रमा राखेर सीप सिकाउने गरेको केन्द्रीय अध्यक्ष विश्व खड्काले बताए ।