कोशी राजमार्ग विस्तार गरे प्रतिकारमा उत्रने स्थानीयकाे चेतावनी

कोशी राजमार्ग विस्तार गरे प्रतिकारमा उत्रने स्थानीयकाे चेतावनी
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ईटहरी । विराटनगर–धरान छ लेन सडक(कोशी राजमार्ग) अन्गर्तत सुनसरीको दुहवीमा सडक बिस्तार गर्न नदिने स्थानियले अडान लिएका छन् । सरकारले दुहवी बजार एरियालाई विल्डअप क्षेत्र घोषणा गरेकाले सो क्षेत्रभित्रको सडक बिस्तार गर्न नदिने स्थानियको अडान छ ।

               बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी स्थानियले सरकारले जवर्जस्ती घर टहरा भत्काए प्रतिकारमा उत्रने चेतावनीसमेत दिएका छन् । दुहबी वासीको अबरोधका कारण दुहबी बजार क्षेत्रमा सडक बिस्तारको काम सुरू हुन सकेको छैन । विराटनगरको रानी देखि सुनसरीको तरहरा सम्म सडक बिस्तारको काम धमाधम भइरहे पनि सुनसरीको दुहवी बजार क्षेत्रमा  स्थानियले निरन्तर अबरोध गरिरहेका छन् । विराटनगर–धरान छ लेन  सडक  योजनाले  पुस १८ गते १५ दिनको म्याद दिँदै घरटहरा हटाउने सूचना जारी गरेपछि दुहबीका बजारबासी आक्रोशित भएका हुन् ।  उनिहरूले सडक बिस्तार रोक्न दुहबी बिल्टअप एरिया संघर्ष समिति गठन गरेका छन् । सरकारसँग जमिन किनेर बसोबास गरेका कारण सरकारले २०५४ सालमा राजमार्गको ६ सय ३० मिटर दाँया, बाँया पर्ने क्षेत्रलाई बिल्डअप क्षेत्र घोषणा गरेको संघर्ष समितिका उपाध्यक्ष विपी रौनियारले बताए । उनले विल्डअप क्षेत्र घोषणा गरिसकेकाले त्यस क्षेत्र भित्रका घर टहरा भतकाउन नमिल्ने दाबीसमेत गरे । रौनियारले भने‘विल्डलप क्षेत्र भित्रका घर टहरा भत्काउन नपाउने अन्तिराष्ट्रिय प्रचलन छ ।’

               हाल दुहबी बजार क्षेत्रमा ५० फिट चौडा सडक मात्रै छ । यो सडकलाई बिस्तार गरि १ सय ३८ फिट पु¥याउने सरकारको  तयारी  छ ।  सरकारले जवर्जस्ती घर टहरा भत्काउन खोजे आफूहरू प्रतिकारमा उत्रन बाध्य हुने रौनियारले स्पष्ट पारे । सडक विस्तार भए दुहवी बजार क्षेत्रका २ सय ५४ घरधुरी वेघरबार हुने उनले बताए । उनले भने‘सडक बिस्तार भए २ सय ५४ परिवार वेघरबार हुन्छन् ।’  यता छ लेन सडक योजना इटहरीले भने स्थानियले अबरोध गरिरहे सडक बिस्तार नहुने स्पष्ट पारेको छ । ‘अबरोध काम रहिरहे दुहबी क्षेत्रमा सडक बन्दैन ’ योजनाका प्रमुख बद्री शर्माले  भने । दुहबी बजार उत्तर र दक्षिण क्षेत्रमा सडक बिस्तार भइसके पनि स्थानियको अवरोधले दुहवी बजार क्षेत्रको २ किलोमिटर भागमा  काम अघि बढ्न नसकेको शर्माले जानकारी दिए । विराटनगरको रानी देखि किमाथाङ्का सम्मको यो राजमार्गले  भारत र चीनलाईसमेत जोड्ने भएकाले कोशी राजमार्गलाई अन्तराष्ट्रिय व्यापारको हिसावले महत्वपूर्ण मानिंदै आएको छ । निर्माणाधिन कोशी राजमार्गको उत्तरतर्फ  १४ किलोमिटर मात्रै ट्याक खोल्न बाँकी  छ ।