सहिदभुमि गाउँपालिकाले गरीब र जेष्ठ नागरिकलाई ब्याल्ङकेट वितरण

सहिदभुमि गाउँपालिकाले गरीब र जेष्ठ नागरिकलाई ब्याल्ङकेट वितरण
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा । धनकुटाको सहिदभुमि गाउँपालिकाले जेष्ठ नागरिक, अतिविपन्न तथा पूर्णअपाङ्घता भएका व्यक्तिहरुलाई घर–घरमा पुगेर ब्याल्ङकेट वितरण गरेको छ । 

गाउँपालिका भित्रका  ८२ वर्ष माथिका जेष्ठ नागरिक, ७० वर्ष उमेर पुरा भएका दलित जेष्ठ नागरिक, अतिविपन्न घरपरिवार र पूर्णरुपमा अपाङ्घ  भएका ४ सय ११ जनालाई ब्याल्ङकेट वितरण गरिरहेको गाउँपालिका अध्यक्ष मनोज राइले बताए । सुसंस्कार हाम्रो पहिचान वृद्धवृद्धालाई सम्मान भन्ने नाराका साथ न्यानो कपडा वितरण गरेको हो ।

वडा कार्यालयबाट सिफारिस भएर आएका ब्यक्तिलाई गाउँपालिका अध्यक्ष मनोज राई , उपाध्यक्ष रत्नश्वरी राई, प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्य,  वडा अध्यक्ष, वडासदस्य तथा कर्मचारीहरुको टोली घरघरमा पुगेर ब्याल्ङकेट वितरण गरिरहेको गाँउपालिकाले जनाएको छ ।  यस बर्ष गाउँपालिकाको वडा नं  १ मा ८० जना,  वडा नं २ मा ७३ जना, वडा नं ३ मा ४५ जना, वडा नं ४ मा ६६ जना, वडा नं  ५ मा ५४ , वडा नं ६ मा ५७ र वडा नं ७ मा ३६ जनालाई ब्याल्ङकेट वितरण गरिएको  छ ।