टीकापुर घट्नाको समाधान दिने प्रधानमन्त्री ओलीको भनाइ

टीकापुर घट्नाको समाधान दिने प्रधानमन्त्री ओलीको भनाइ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले टीकापुरमा भएको घट्नाको विषयमा अन्ययमा परेकालाई न्याय दिनको लागि सरकारले काम गर्ने बताएका छन् ।

केही मानिसले जातजातिबीच फाटो ल्याउन खोजेको उल्लेख गर्दै टीकापुर हत्याकाण्ड नक्कली मानिस आएर उचालेका कारण भएको उनले बताए । ‘नक्कली मानिसहरु आएर कसैले थारु त कसैले पहाडिया नारा लगाए । जनता–जनतामा विभाजन ल्याउन खोजे,’ उनले भने,‘कतिपय थारु नेताहरु जेलमा छन् । कतिपयलाई वारेन्ट होला ।  यि सबैकुरा हामी हेरिरहेका छौँ ।’ पहिले नै अदालती प्रक्रियामा गइसकेका र असहज अवस्थामा फसिसकेको छ । यो बिषयले अदालती प्रक्रिया पुरा नगरीकन केही गर्न सकिँदैन । प्रक्रिया पुगेपछि यसको समाधान हामी दिनेछौँ ।’ प्रधानमन्त्री ओलीले बताए ।